Category: स्वास्थ्य/शिक्षा


सुदूरपश्चिममा स्वास्थ्य सूचकांकहरू कमजोर (भिडियोसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पछिल्ला वर्षहरूमा स्वास्थ्य सूचकांकहरू कमजोर रहेकोमा चिन्ता व्यक्त गरिएको छ । धनगढीमा शुक्रबारदेखि जारी सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको स्वास्थ्य समीक्षाका सहभागीहरूले प्रत्येक जिल्लामा स्वास्थ्य सूचकांकहरू सुधारका लागि जिल्ला स्वास्थ्य कार्यालयहरू कायम गरिनुपर्ने माग गरे । सरकारको पछिल्लो निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा चारवटा डिभिजन कार्यालय बनाएर प्रदेशका नौ  … Read more

खाद्य स्वच्छता तथा होटल स्तरीकरण लोगो वितरण : विज्ञहरूको आग्रह– स्वच्छ र स्वस्थ भान्सामा ध्यान दिऊ

धनगढी । “हामी प्राय: घर सफा राख्न तल्लिन हुन्छौं, तर भान्सा सफा राख्नेमा त्यत्ति ध्यान दिँदैनौं” खाद्य प्राविधिकहरूको चेतावती छ– “मानिस सबैभन्दा बिरामी हुने कारण दुषित खाना नै हो ।” विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार भान्सामा अनुपयुक्त तापक्रम, गलत रेफ्रिजेरेशन र गलत ढंगले खाना पकाउने पद्दतीका कारण खानामा किटाणुहरूको जन्म हुने र त्यस्तो खानाको सेवनबाट  … Read more

चिकित्सकहरूका लागि मिडवाईफरी तालिम शुरु (भिडियोसहित)

धनगढी । नवजात शिशु र मातृमृत्यु दर घटाउनका लागि सुत्ेकरी सेवासम्बन्धी चिकित्सकहरूका लागि मिडवाईफरी तालिम धनगढीमा शुरु भएको छ । सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजना तथा ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा शनिबार तीन दिने तालिम शुरु भएको हो । तालिममा जन्मिने वित्तिकै स्वासप्रवास गर्न नसकेर मृत्यु हुन सक्ने शिशु  … Read more

प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा शुरु : मन्त्रीले भने– स्वास्थ्य सेवाको क्षेत्रमा अझैं संघीयता आएन

धनगढी । सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्ष २०७४/२०७५ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम शुक्रबारदेखि धनगढीमा शुरु भएको छ । समीक्षा बैठकको प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे । सो अवसरमा सामाजिक विकास मन्त्री सोडारीले प्रदेशका आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भने– “सुदूरपश्चिम प्रदेशमा  … Read more

खास फार्मेसी सञ्चालन हुँदै

धनगढी । विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र अनुभव प्रयोग गरी धनगढीको चटकपुरमा एक समूहले खास फार्मेसी सञ्चालन गर्ने भएको छ । विदेश गई स्वास्थ्य विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि गरेका र औषधि विज्ञानका साथै अन्य स्वास्थ्य सेवासँग सम्बन्धित विषय तथा शिक्षा क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका विज्ञहरूको सामुहिक प्रयासमा सो फार्मेसी खोल्न लागिएको  … Read more

आउँदो मंसिरबाट पालिकास्तरीय स्वास्थ्य समीक्षा गरिने

धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका २२ वटा पालिका लक्षित जिल्लास्तरीय स्वास्थ्य समीक्षा बैठकले पालिकास्तरीय समीक्षा गर्ने निष्कर्ष समिति सकिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको दुई दिने समीक्षा बैठकमा कैलाली र कञ्चनपुरका २२ वटै पालिकाको स्वास्थ्य समीक्षा गर्ने छलफल भएको छ । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले  … Read more

स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको समीक्षा गर्नुपर्छ : मन्त्री सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने बर्ताका छन् । कैलाली र कञ्चनपुर जिल्लाका २२ वटा पालिका लक्षित आज धनगढीमा आयोजित समीक्षा कार्यक्रममा मन्त्री सोडारीले निर्ममतापूर्वक समीक्षा गर्दा आगामी योजना बनाउन र भावी लक्ष्य प्राप्त गर्न सहज हुने बताए । उनले काम योजनाका लागि बजेटको अभाव नहुने  … Read more

राष्ट्रिय कण्डम दिवस मनाइयो

धनगढी । विभिन्न कार्यक्रमसहित शनिबार कैलालीसहित देशभरी २४ औं राष्ट्रिय कण्डम दिवस मनाईएको छ । दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, कैलाली स्वास्थ्य कार्यालयको आयोजना र एएचएफ नेपालसहित विभिन्न संघसंस्थाको सहयोगमा धनगढीको त्रिनगर सीमानाकाबाट आवतजावत गर्ने व्यक्तिको रगत परीक्षण गरिएको थियो । एएचएफ नेपालका माधव पन्तका अनुसार शनिबार सीमामा आवतजावत गर्ने एक सय २० जनाको  … Read more

सात जनामा डेंगु देखियो

कञ्चनपुर । कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए ।  … Read more

सीमानाकामा हेल्थ डेस्क : औंलोका एक बिरामी फेला परे

धनगढी । भारतबाट नेपालमा भित्रिन सक्ने औंलो नियन्त्रण गर्ने उद्देश्यले कैलालीको तीन ठाउँमा स्थापित ‘हेल्थ डेस्क’ बाट एक जना औंलोको बिरामी फेला परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी वा अन्य काम गरेर घर फर्किएका नेपालीहरूमध्ये चार सय २२ जनाको हेल्थ डेस्कमा रगत परिक्षण गरिएकोमा एक जनामा औंलोरोग फेला परेको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय, धनगढीले  … Read more