१५ बैशाख २०८१, शनिबार

राजनीतिक परिवर्तन अनुसार विकास भइरहेको छ : सभामुख भण्डारी




धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जनताले ठूलो संघर्षले भएको परिवर्तनको अपेक्षा अनुसार विकास निर्माणका काम भइरहेको बताएका छन् ।

परिवर्तनका लागि कार्यरत युवा समूह (याक) को १० औ अधिवेशन र १९ औ साधारण सभामा आइतबार धनगढीमा बोल्दै सभामुख सो कुरा बताएका हुन ।

उनले भने मुलुकमा भएको राजनीतिक परिवर्तन अनुसार पुल, सडक लगायतका क्षेत्रमा ठूलो परिवर्तन भएको छ । सभामुख भण्डारीले गैरसरकारी क्षेत्रले पनि विकासका लागि सरकारलाई साथ दिनु पर्ने पनि बताए ।

दिगो विकास र सामाजिक न्यायका लागि गरिबी विरुद्धको अभियान भन्ने मूल नाराका साथ भइरहेको सो साधारण सभामा सामाजिक परीक्षण पनि गरिएको थियो ।

साधारण सभा याकका अध्यक्ष धनबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती आग्रीले स्वागत गरेकी थिइन ।

याकले आइतबार नै नयाँ कार्य समितिको चयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार