१५ बैशाख २०८१, शनिबार

सशस्त्रका असई नै चोरीको आरोपमा समातिए



काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्। उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए।

स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुला कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार