१५ बैशाख २०८१, शनिबार

सल्लाह विना नै हटाइएकोमा राज्यमन्त्रीबाट चौधरी असन्तुष्ट




धनगढी/ आफूसित सल्लाह नगरेर नै आफ्नो दल नागरिक उन्मुक्ती पाटीले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीबाट हटाएकोमा कैलाश चौधरी असन्तुष्ट भएका छन् ।

उनले आफूलाई हटाउने र अरुलाई राख्ने विषयमा दलका नेता घनश्याम चौधरी र पार्टीका संरक्षक रेशम चौधरीले कुनै छलफल नगरेको बताए । उनले भने यस्तो मनोमानीले पार्टी चल्न गाह्रो हुन्छ, पार्टी विधी, पदत्तिबाट चल्नुपर्छ ।

उनले मन्त्रीका विषयमा अध्यक्ष रञ्जिता चौधरी, लक्ष्मणकिशोर चौधरी र टीका थापासंग कुनै सल्लाह नगरिएको पनि बताए । टीका थापा त भारतको आसामतिर छन् सल्लाह हुने कुरै भएन उनले भने ।

उनी कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।

उनलाई हटाएर समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई शुक्रबार राति विस्तारित मन्त्रीमण्डलमा राज्यमन्त्री बनाइएको छ ।

पूर्व राज्यमन्त्री चौधरीले आफू असन्तुष्ट भएर नै सपथग्रहण कार्यक्रममा नगएको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार