१६ बैशाख २०८१, आईतवार

डाक्टर शाह आत्महत्या प्रकरण : प्रेमी भनिएका डा. भट्टराई थुनामा अर्का प्रेमी धरौटीमा छुटे



धनगढी/ धनगढी उपमहानगरपालिका वडानम्बर ५ कि २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घटनामा अदालतले उनका प्रेमी डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले आत्महत्या दुत्साहनमा अनुसन्धान भइरहेका डा. भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए । यस्तै गरेर सोही मुद्धामा अनुसन्धानमा रहेका विकल केसी ५० हजार धरौटीमा रिहा भएका छन् ।

माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनका आफन्तले दिएको जाहेरी अनुसार पूर्व प्रेमी भनिएका धनगढीकै डा. भट्टराई र केसीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरेको थियो ।

न्यायधिश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई भने ५० हजार धरौटी लिएर छोड्ने आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार