२३ बैशाख २०८१, आईतवार

राप्रपाकी विष्टद्धारा गेटा आन्दोलनको समर्थनमा प्रदेश सभा बैठक बहिष्कार



धनगढी/ राप्रकाका प्रदेश सभा सदस्य खेमादेवी विष्टले प्रदेश सभामा ढ्यापढ्यापे समय लिएर बोल्दै गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय माग गर्दै भइरहेको आन्दोलन र सङ्घीय सरकारको बजेटमा भएको एक सय शैयाको अस्पताल संचालन गर्ने घोषणाबारे प्रदेश सरकारको धारणा माग गरिन ।

उनले जनता आन्दोलित भएको बेला सदन चलाउन उचित नहुने भन्दै आजका लागि सदन स्थगित गर्न माग गर्दै आफूले आज सदन बहिष्कार गरेको बताइन । आफ्नो मन्तव्य राखे लगत्तै उनी सन्सद छोडेर बाहिरिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार