२३ बैशाख २०८१, आईतवार

गेटामा विश्वविद्यालय माओवादीको एजेण्डा हो, आरक्षपीडितलाई सरकारको उपेक्षाः सरल



धनगढी/ सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय बनाउने एजेण्डा नेकपा माओवादी केन्द्रको भएको बताएका छन्।

उनले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल भइरहेको प्रदेश सभा बैठकमा बोल्दै सो कुरा बताएका छन्।

उनले मेडिकल कलेजको विषय माओवादीले उठाएको गेटामा विश्वविद्यालय नै बन्ने कुरा बताए। उनले भने, ‘वास्तवमा गेटामा विश्वविद्यालय बनाउने माओवादी केन्द्रको एजेण्डा हो। सुदूरपश्चिमको विकासका लागि हामी एकमत हुन जरुरी छ। गेटामा विश्वविद्यालय नै बन्छ।

यस्तै उनले अर्को सन्दर्भमा बोल्दै प्रदेश सरकारको नीति तथा कार्यक्रममा आरक्ष पीडितको कुरा नसमेटिएको गुनासो गरे। उनले भने, ‘आफ्नो जमिन छोडेर आफ्नो जमिनको बदला सट्टा भर्ना पाउनुपर्नेमा नपाएर अहिलेसम्म आरक्ष पीडितहरु समस्यामा छन्। त्यसका लागि केन्द्रमा विभिन्न आयोगहरु बने। तर, सुदूरपश्चिम सरकारको यसका लागि नीति के हो रु समस्या समाधानका लागि गर्ने पहल के हो रु यो कुरा सरकारको नीतिमा देखिएन।

उनले प्रदेशका आरक्ष पीडितका समस्या हल गर्न सरकारले नीति ल्याउनुपर्ने भन्दै ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार