१५ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा सत्तारुढ गठवन्धनबाट बोहरा, भट्ट र चन्दलेको उम्मेदवारी दर्ता




धनगढी/ आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिममा सत्तारुढ गठगन्धनका नेपाली कांग्रेस र नेकपा ( माओवादी केन्द्र ) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठवन्धन उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठवन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गरेका छन् ।

बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसकेका छन् । यस्तै कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपांग भएका थिए ।

यस्तै सत्ता गठवन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गरिन । चन्द २०६४ सालको संविधान सभा सदस्य पनि हुन ।

उम्मेदवारी दर्ता गर्न जाँदा नेपाली कांग्रेस र माओवादीका नेता कार्यकर्ताको ठूलो भीड थियो । कांग्रेसले त नारावाजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार