२४ बैशाख २०८१, सोमबार

बाजुरा र डोटीमा तीनवटा आँखा शिविरबाट एक हजार लाभाविन्त



डोटी/ स्थानीय पालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा सेभा फाउण्डेशन, रोटरी क्लब अफ इल्भेरम नर्वे, र फ्रेडहलोज फउण्डेशनको सहयोगमा जेष्ठ १५ देखि २३ गतेसम्म डोटी जिल्लाको दुई स्थान र अछाम जिल्लाको एक स्थानमा संचालित आँखा शिविरबाट एक हजार १४२ जनाले आँखा उपचार सेवा लिएका छन् ।

ती मध्ये १८८ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ साथै दुई जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरिएको थियो । सो शिविरमा ९५२ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

गेटा आँखा अस्पथतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए ।

शिविरहरु डोटीको भवानी मावि लुशाकोट, सायल र खत्याडी मावि चवराचौतारा बोगटान तथा अछाम जिल्लाको जनशिखा क्याम्पस मेल्लेखमा संचालन गरिएका थिए । शिविरहरुमा नगरपालिकाका कर्मचारी, पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुराएका थिए ।

यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका नौ वटै जिल्लामा संचालित २२ वटा शाखाहरुबाट उपलब्ध गराइने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई प्रदेशका नौवटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार