२२ बैशाख २०८१, शनिबार

प्रदेश सभा सदस्य पाठकले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय बारे सरकार धारणा मागे




धनगढी/ प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतबार को प्रदेश सभा बैठकमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना बारे प्रदेश सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन ।

प्रदेश सभा बैठक शुरु हुनासाथ ढ्याप ढ्यापे समय लिएर बोल्दै पाठकले प्रदेशका जनता आन्दोलित भैरहदा सरकार मौन रहेको भन्दै धारणा सर्वजनिक गर्न माग गरेका हुन ।

उनले विश्वविद्यालय बनाउने हो वा एक सय शैयाको अस्पताल बनाउने हो, प्रदेश सरकार प्रष्ट बोल्नुपर्ने माग गरे । आफुले अघिल्लो बैठकमा पनि यस विषयमा सरकारको धारणा मागेको बताउदै पाठकले सरकारलाई जवाफ दिन रुलिङ्ग गर्न सभामुखलाई आग्रह गरे ।

प्रदेश सभा नियमावलीको नियम ५७ मा समसामयिक विषयमा प्रदेश सभा सदस्यले उठाएका प्रश्नको एक हप्ता भित्र लिखित वा मौखिक जवाफ दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार