१५ बैशाख २०८१, शनिबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा अमिन गम्भीर घाइते



कञ्चनपुर/ कञ्चनपुरका छाडा पशु चौपायासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–७ घर भएका २५ वर्षीय करन साउँद रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ। मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन्। साउँद अछामको नापी कार्यालयका अमिन रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार