१५ बैशाख २०८१, शनिबार

तेघरीको सैनिक आवासीय महाविद्यालयले मनायो १३ औँ वार्षिकोत्सव



धनगढी / कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालयले १३ औँ वार्षिकोत्सव बिहीबार मनाएको छ ।

सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेकका पृतनापति तथा उपरथी गणेशकुमार श्रेष्ठको प्रमुख आथित्यतामा वार्षिकोत्सब भएको हो । सो कार्यक्रमको अध्यक्षता महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्तले गरेका थिए ।

पृतनापति श्रेष्ठले पनि १३ औँ अभिभावक दिवसको शुभकामना दिदै बहुजन हिताय बहुजन सुखाय भन्ने आर्दशलाई आत्मसाथ गर्दै सैनिक कल्याणकारी कोषले सञ्चालन विद्यालयले विद्यार्थीलाई समय सापेक्ष शिक्षा प्रदान गरेर उनीहरुको सुन्द भविष्य निर्माणमा अहम भूमिका रहेको बताए ।

महाविद्यालयका प्रमुख सेनानी आयुषविक्रम राणाले स्वागत मन्तव्य राख्दै विद्यालयको विकासमा भूमिका खेल्ने अभिभावक, शिक्षाप्रेमी तथा सैनिक अधिकृतलाई धन्यवाद दिदै आगामी दिनमा समेत सबैको साथ, सहयोग रहने विश्वास व्यक्त गरे ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा महाविद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले विभिन्न सांस्कृति नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा महाविद्यालयले वर्षभरीका उत्कृष्ट विद्यार्थी, अभिभावक, सैनिक कर्मचारीलाई कदरपत्रसहित सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार