१६ बैशाख २०८१, आईतवार

गेटा आन्दोलनमा लाग्नेलाई एमाले कैलाली अध्यक्षले दिए धन्यवाद



दुर्गाप्रसाद जोशी

धनगढी/ नेकपा (एमाले) कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनाका लागि आन्दोलनमा उत्रेकालाई धन्यवाद दिएका छन् ।

कार्यवहाक अध्यक्ष जोशीले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दे जेठ १८ देखि ३० गतेसम्म सञ्चालिन आन्दोलनमा सहभागी पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक, पत्रकार र आम कैलालीवासीलाई धन्यवाद दिएका हुन ।

नेपाल सरकारले संसदमा व्यक्त गरेको धारणालाई पर्ख र हेरको अवस्थामा पुगेका छौ अध्यक्ष जोशीले विज्ञप्तीमा भनेका छन् चालु अधिवेशनमा नै विश्व विद्यालय सञ्चालन सम्वन्धी ऐन प्रस्तुत गर्न जोडदार माग गर्दछौ ।

विज्ञप्तीमा चालु अधिवेशनमै विश्व विद्यालय सञ्चालन सम्वन्धी ऐन प्रस्तुत नगरे फेरि आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।

हेर्नुस विज्ञप्तीको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार