१५ बैशाख २०८१, शनिबार

छोरोसंगको अंश विवादमा छतबाट हाम फालेका अग्रवालको मृत्यु




धनगढी/ कैलालीमा घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्युु भएको छ।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममम नवजीवन अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

घरायसी विवाद हुँदा आज (बुधबार) बिहान ११ः२० बजे उनले आफ्नै घरको पाँचौ तलाबाट हाम फालेका थिए।

छतबाट हाम फालेका उनी वेहोस थिए भने अवस्था गम्भीर थियो। तत्काल उनलाई नवजीवन अस्पताल पुर्‍याइएको थियो।

तर, अस्पतालमा उनको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

उनको लामो समयदेखि छोरासँग अशंबण्डा विवाद चर्किदै आएको प्रहरीकोबुझाइ छ ।

‘प्रहरी स्रोतका अनुसार उनको छोराको सम्पत्तीको अंशबण्डा सम्बन्धी विवाद रहेछ। पुरानै, पहिलेदेखि नै। त्यही दिनदेखि घरमा पनि विवाद हुँदै आएको थियो, के मुड चलेछ, आज विहान आफ्नै घरको पाँचौ तलाबाट हाम फालेछन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार