१५ बैशाख २०८१, शनिबार

कैलालीको मोहन्यालका स्कुलका शिक्षिका नै कुटाकुट, औलो टोकियो



धनगढी/ कैलालीको पहाडी गाउँपालिका मोहन्यालको वडानम्बर ७ कुहिनेको अरनिको आधारभूत विद्यालयमा शिक्षिकाबिच कुटाकुट भएको छ ।

विद्यालयकी प्रावि स्थायी दरबन्दीकी शिक्षीका देवकी जोशी र वालविकास शिक्षिका रिता विष्टबिच कुटाकुट भएको हो । माघ २६ गते शुक्रबार विद्यालय समयमा ती दुई शिक्षिकाबिच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले बताए।

शिक्षिका विष्टले आफ्नो औला काटेको देवकीले आरोप लगाएकी छन् । जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा पुगेकी छन् । उता विद्यालय व्यवस्थापन समितिले दुबै पक्षलाई छलफल गराएर विवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताएकी छन् ।

बैठकमा दुबै पक्ष उपस्थित नभएका कारण बैठक विना निश्कर्ष टुङ्गिएको अध्यक्ष माझीले बताइन । शिक्षिका विष्ट बैठकमा उपस्थित भए पनि जोशी आफू असुरक्षित भएको भन्दै बैठकमा सहभागी भएको छैनन्। शिक्षिका जोशीलाई चारदिन भित्र हाजिर हुन पत्राचार गरेको व्यवस्थापन समिति अध्यक्ष माझीले बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार