१५ बैशाख २०८१, शनिबार

अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई



धनगढी / नेकपा एमाले सम्बद्व अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई सर्वसम्मत चयन भएका छन् ।

धनगढीमा भएको अनेरास्ववियुको प्रदेश अधिवेशनले आयोजक कमिटी संयोजक समेत रहेका राईको नेतृत्वमा निर्विरोध नयाँ कमिटी गठन गरेको हो ।

उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका छन् ।

सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले बुधबार अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी समिति सदस्यहरु कर्णबहादुर थापा, भानुभक्त ढकाल र केन्द्रीय सदस्य झपट रावल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार