१५ बैशाख २०८१, शनिबार

डोकेबजारबाट खैरो हिरोइनसहित दुई भारतिय पक्राउ




धनगढी/ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीबाट खटिएको (पिआइटी) र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले बुधबार विहान ११ बजे भारतको उत्तर प्रदेशका दुई जनालाई खैरो हिरोइन सहित डोकेबजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उत्तर प्रदेशको बहराइज बस्ने वर्ष १९ का संजय बालमिक र शाहजपुर बस्ने वर्ष १९ को अर्जुन बालमिक दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई धनगढीमा आइरहेको बेला शंका लागेर चेकजाँच गर्ने क्रममा अर्जुनले दाहिने हातको ज्याकेटको बाउला भित्र लुकाई छिपाई राखेको अवस्थामा प्लास्टिक सहित तौल गर्दा दुई ग्राम २० मिलिग्राम र शुद्ध तौल गर्दा एक ग्राम ७१० मिलिग्राम लागु औषध (खैरो हिरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद भएको छ ।

उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, कञ्चनपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार