१५ बैशाख २०८१, शनिबार

दिपायल गैरहेको जीप दुर्घटना



धनगढी/ डोटीमा जिप दुर्घटना भएको छ। बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउँसो केआइसिंह गाउँपालिका–२ बुहार भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

जिप दुर्घटनामा चालक ३० बर्षीय टेकबहादुर भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–२ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएको प्रहरीले बताएको छ।

घाइते दुबै जनाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । जिपमा दुई जना मात्रै सवार थिए। जिप सडकबाट ६० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार