१५ बैशाख २०८१, शनिबार

नेपाली सेनाको तीन दिने सैनिक प्रर्दशनी धनगढी रंगशालामा सुरु



धनगढी/ नेपाली सेनाको पृतना हेडक्वार्टर तेघरी कैलालीले २६१ औं वार्षिकोत्सव तथा सेना दिवश मनाएको छ ।

धनगढीको रंगशालामा प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमका बीच शनिबार पानसमा दीप प्रज्वलन गर्दै वार्षिकोत्सवको उद्घाटन गरेका थिए।

सुदूरपश्चिम पृतना हेडक्वार्टरले विविध सैनिक प्रदर्शनी तथा युनिटी रन २०८० अन्र्तगत तीन दिनसम्म मनाइने सेना दिवसमा नेपाली सेनाले प्रयोग गर्ने हतियार, ट्यांक, दैविप्रकोप उद्धारमा प्रयोग हुने सामाग्री, निकुञ्ज सुरक्षा सामाग्री, आफ्नो प्राविधिक रुपमा प्रयोग हुने कुराहरु प्रदर्शनीमा राखेको छ ।

आफ्नो देशको नेपाली सेनाका बारेमा जनताले पनि थाहा पाउन भन्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको पृतना हेडक्वार्टरले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली सेनाका विभिन्न कलाकौसलहरु, विभिन्न झाँकीहरु र नृत्यहरु प्रस्तुत गरिएका थिए । सोमबार युनीटि रन हुने कार्यक्रम रहेको छ । त्यसमा विभिन्न उमेर समुहका ब्यक्तिहरुको दौड हुने छ ।

मावि तहका लागि पाँच किलोमिटरको दौडको आयोजना गरिएको छ । दौडमा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई १५ हजारदेखि पाँच हजार पुरुस्कारको पनि व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा विशिष्ठ अथिति प्रदेशका मुख्यमन्त्री थिए भने सभामुख, मन्त्रीहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालयका विद्यार्थी लगायत आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार