१५ बैशाख २०८१, शनिबार

धनगढीमा श्री एअरको जहाज ल्याड हुने वित्तिकै चक्का फुस्किएपछि




धनगढी/ सोमबार साँझ काठमाडौँबाट धनगढी आएको श्रीएयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान गर्न सकेको छैन ।

सोमबार काठमाण्डौँबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्रीएयरलाइन्सको विमानको अगाडिको चक्कामा प्राविधिक समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

साँझदेखि ग्राउन्डेड गरिएको उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएकाले मंगलबार उडान हुन नसकेको श्रीएयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बताए ।

‘साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको थियो,’ शाहीले भने, ‘अहिले विमानलाई ग्राउन्डेड गरिएको छ । काठमाडौँबाट प्राविधिक टोली आइरहेकाले त्यसपछि समस्या के हो भन्ने थाहा होला ।’

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले पनि विमानको प्राविधिक जाँचपछि मात्र उडान अनुमति दिइने जानकारी दिए । ‘श्रीएयरको विमानमा देखिएको समस्या धेरै ठूलो त होइन तर प्राविधिक गरेर मात्र उहाँहरुले उडान अनुमति पाउनुहुन्छ,’ सिंहले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार