१५ बैशाख २०८१, शनिबार

एउटा पनि कार्वाही नगरेपछि चंख कठायत कालाकुण्डबाट तानिए



धनगढी/ कैलालीको टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कठायत हटाइएका छन् ।

इन्चार्ज भएको झण्डै तीन महिना पुग्दा पनि सीमा छलिका सामान र कुनै व्यक्ती पक्राउ गर्न नसकेपछि उनलाई इन्चार्जबाट हटाइएको हो ।

कठायतले कुनै सामान र व्यक्ती नसमात्नुको कारण बारे अहिले प्रहरीका सबै तहमा चर्चाको विषय बनेको छ । अहिले उनको स्थानमा अर्का वरिष्ठ सई गोकुल बलायरलाई पठाइएको छ।

यस्तै उता टीकापुरमा घुमुवा बसेका असई तारा ठकुल्लालाई पनि प्रहरी चौकी अमरावती पठाइएको छ। लम्की ट्राफिकको इन्चार्ज रहेका सुरज खड्कालाई डोटी पठाइएको छ भने धनगढीको त्रिनगरबाट हवल्दार नरेन्द्र बडाल, वरिष्ठ हवल्दार महादेव धामी, हवल्दार लालबहादुर खड्का र सिपाही शम्सेर बिक पनि जिल्ला तानिएका छन्। त्यस्तै धनगढी बसपार्कको कमाण्ड भने सई दिपेन्द्र किमाडीलाई दिइएको छ।

उनीहरूको स्थानमा नयाँ टिम पठाइएको स्रोतले जनाएको छ। उनीहरूको कैफियत देखिएपछि तानिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार