२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड संघीयताको जननी हो, त्यसैले प्रदेशलाई अधिकार दिनुस : मुख्यमन्त्री सोडारी




काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको बिहीबार भएको राष्ट्रिय विकास परिषदको बैठकमा सुदूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

तपाई प्रधानमन्त्री प्रचण्ड संघीयताको जननी हो त्यसैल तपाईकै पालामा संविधानले गरेका व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिनुपर्छ मुख्यमन्त्री सोडारीले भने प्रहरी प्रदेशको मातहत नहुँदा समस्या परेको बताए ।

प्रदेशसंग खासै अधिकार छैनन् तर प्रदेश नै सबैको आलोचनाको तह बनेको छ उनले भने – प्रदेशलाई राष्टिय वनको एकल अधिकार दिइएको छ पालिकालाई शिक्षामा त्यस्तै छ तर ती पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन छ ।

उनले सुदूरपश्चिम र त्यहाँका केही जिल्ला बाजुरा बझांग मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि रहेकोमा चिन्ता व्यक्त गरे । बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक बनेपछि तिव्वतसंग सुदूरपश्चिमको पहुँच पुग्ने छ, । सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि नेपाली मात्र होइन भारितय पर्यटकलाई समेत सजिलो हुनेछ । सो सडक सञ्चालनसंगै व्यापारिक नाका पनि खोल्नु पर्छ जसले चिनियाँ सामान सस्तोमा पाउन सकिने छ भने हाम्रा जडीबुटी लगायतका उत्पादन पनि चीनलाई बेच्न सकिने छ ।

सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी छ । मुख्यमन्त्री सोडारीले भने–‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि विभेद गरेको छ । सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा विकास बढी केन्द्रीत हुँदा पहाडीका बस्ती खाली भएको छन् । जनसंख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाई सराई रोकिन सक्छ । त्यसका लागि पनि नीति नियम आवश्यक छ । खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाललगायत धार्मिक र पर्यटकीय क्षेत्र हुन । ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काम गर्नुपर्छ ।

खप्तडदेखि रारासम्मको राष्ट्रिय पदमार्गलाई अघि बढाउन पनि जरुरी छ । कर्णाली , सेती, महाकालीको पानी खेर गयो । सुदूरपश्चिमलाई सूचना प्रविधि क्षेत्रको हव बनाउनुपर्छ । त्यसो हुँदा सूचना प्रविधि पढ्नका लागि भारत र नेपालका विभिन्न शहरमा गएर महंगोरुपमा पढ्नु पर्ने वाध्यता अन्त्य हुने छ । सुदूरपश्चिममा कर्णाली, सेती नदीबाट बिजुली उत्पादन गर्ने वातावरण बनाउन संघीय सरकारले विशेष पहल थाल्नुपर्छ ।

उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्ली लगायतका शहरसंग जोड्नु पर्ने बताए । मुख्यमन्त्री प्रधानमन्त्री प्रचण्डलाई इंगीत गदै भने – अहिले पनि ठुला अस्पताल नहुँदा बिमारी भारत र काठमाडौ लैजानु पर्ने बाध्यता छ त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसका लागि गेटको दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउन आवश्यक कानुन बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।

सुदूरपश्चिमले जंगल जोगाएर जलवायु परिवर्तन नहुन दिनका लागि ठुलो टेवा पुगाएको छ । जंगल जोगाएर जनतालाई जलवायु अनुकलन मैत्री काममा परिचालन गर्न विषेश योजना आवश्यक छ । उच्च जलवायु परिवर्तनबाट हुने क्षति न्युनिकरणका लागि सुदूरपश्चिममा वायुप्रर्दुषण मापन केन्द्र स्थापना गर्न जरुरी छ ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार