१७ बैशाख २०८१, सोमबार

उन्मुक्तीका सांसद इन्दिराको पद सर्वोच्चबाट सदर, रञ्जितालाई धक्का



धनगढी/ सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो।

उन्मुक्ति अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी पदमुक्त भएकी थिइन्।

स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरकी थिइन्। गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो।

गिरीले प्रदेश सभा सचिवालयसमेत ५ जनाविरूद्ध चैत ३० गते रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार