१५ बैशाख २०८१, शनिबार

रेशमको अध्यक्ष पद खारेज, नाउपाको अधिवेशन अवैधानिक ठहर



काठमाडौं/ निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ ।

आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन आयोगका सहसचिव एवम् कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराइले जानकारी दिए ।

उनका अनुसार आयोगको बिहीबारको बैठकले रेशम चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गरेको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार