१५ बैशाख २०८१, शनिबार

विद्यालयको गुणस्तर सुधार्न अभिभावको चाँसो हुनुपर्छ : सांसद पाठक




धनगढी / धनगढी उपमहानगरपालिका -१८ स्थित इन्द्रोदय आधारभुत विद्यालयको बिहिबार ४३औ बार्षिकोत्सव मनाइएको छ ।

बार्षिकोत्सव समारोहमा प्रमुख अथिति रहेका सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा एमाले नेता धर्मराज पाठकले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय प्रति अभिभावकको चासो अनिवार्य रहेको बताएका छन ।

आफ्ना बच्चालाई घरबाट विद्यालय पठाएर मात्रै अभिभावकको दायित्व पूरा नहुने भन्दै प्रदेश सभा सदस्य पाठकले विद्यालयमा पठन भए नभएको, शिक्षकको उपस्थिति रहे नरहेको लगायत अन्य विषयमा पनि अभिभावकको चासो रहनुपर्ने बताए ।

८ कक्षासम्म संचालित सो विद्यालयको बार्षिकोत्सव समारोहमा प्रधानाध्यापक परमान्द शर्माले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षामा उत्कृष्ट विद्यार्थी र बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार