Category: अर्थ / वाणिज्य


सहकारीको पुँजि भौतिक विकासमा लगाउनुपर्छ : मुख्य मन्त्री भट्ट (भिडियोसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सहकारीको पुँजि भौतिक विकासमा लगाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आइतबार धनगढीमा शुरु भएको सहकारी क्षेत्रको प्रबद्र्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन र प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी उद्घाटन गर्दै मुख्य मन्त्री भट्टले नयाँ कामको थालनी गर्नुपर्ने बताएका हुन् । उनले धेरै जसो  … Read more

सहकारीको ऋणबाट उद्यमी बन्दै महिला (भिडियो सहित)

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ क गाउँकी मेनुका सुवेदीले सहकारी ऋणबाट उखु क्रसर सञ्चालन गरेकी छन् । उनलाई साना किसान कृषि सहकारी संस्था परासनले विना धितो ऋण लिएर उखु क्रसर सञ्चालन गरेकी हुन् । सयममा उखु किन्नको लागि सहकारीले डेढ लाख रुपैयाँसम्म विना धितो ऋण दिने गरेको उनले बताइन् । सोही ठाउँकी  … Read more

स्थानीय परिकार प्रवर्द्धनमा ध्यान दिनु आवश्यक

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले स्थानीय परिकारको प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।“प्रदेशमा बाह्य पर्यटनलाई आकर्षित गर्न स्थानीय परिकारको प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको छ” शुक्रबार खप्तड खाजा घर पुगेका राज्यमन्त्री रावलले भने– “हामी पर्यटक आउँदा चाउचाउ, चाउमिन, मम, सेकुवा लगायतका परिकार खुवाउन खोज्छौं । यसले पर्यटकहरू सन्तुष्ट  … Read more

भादा महोत्सव आयोजना हुँदै

धनगढी । धनगढीको थारू होमस्टे गाउँमा भादा महोत्सव २०७५ हुने भएको छ । ‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने नाराका साथ पुस १७ गतेदेखि २१ गतेसम्म महोत्सव हुने बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लोप हुँदै गएको थारू समुदायको सीप, कला संस्कृति, भाषा खानपिन, सम्पदा  … Read more

थाहा नपाएर जाँदा दु:खैदु:ख

धनगढी । टीकापुर नगरपालिका वडा नम्बर ४ का मौरनीयाका सोमैराम चौधरीलाई वैदेशिक रोजगारबारे जानकारी थिइन् । तर, उनले छोराहरूको भविष्य बनाउन विदेश कमाउने निधो गरे । स्थानीय एक जना दलालको सहयोगमा नुर अपर्चुनिटिजबाट उनी साउदीअरबको मजाल अल्टामिर कन्ट्रयाक्ट कम्पनीमा काम गर्न पुगे । उनलाई सो कम्पनीले सात महिनासम्म काम लगायो, तर तलब दिएन । ब्याजमा ऋण लिएर  … Read more

कोदोका परिकारको प्रवर्द्धन गर्दै

धनगढी । ‘कोदो’ कुनै बेला गरिबको खानाका रूपमा लिइन्थ्यो । पहाडी भूभागमा मात्रै उत्पादन हुने कोदोको रोटी कुनै बेला शहरबजारका राम्रा होटल, खाजाघरको विशेष परिकार बन्ला भनेर कमैले अनुमान गरेका थिए होलान् । उसो त राजधानी काठमाडौं तथा संखुवासभा लगायत पूर्वी पहाडी जिल्लामा कोदोको तुम्बा निकै प्रख्यात छ । तर, राजधानी तथा तराई सहित मुलुकका  … Read more

अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव हुँदै

धनगढी । अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७५ गर्ने भएको छ । महोत्सवबाट आम्दानी भएको रकम संघको भवनमा बनाउनमा खर्च गर्ने उद्देश्यसहित सो महोत्सव सञ्चालन गरिन लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सव पुस २७ गतेदेखि माघ ७ गतेसम्म हुने संघका निवर्तमान अध्यक्ष ललित चन्दले जानकारी दिए । उनले  … Read more

मौरीपालनबाट करोडौं आम्दानी

लम्की । २८ वर्षदेखि मौरीपालन व्यवसायमा संलग्न लम्कीचुहा नगरपालिका वडा नम्बर ६, स्याउलेबजारका ४५ वर्षीय हरिराम भारती आम किसानमाझ उदाहरण बनेका छन् । हरिराम कास्कीमा जन्मिएका हुन् । १७ वर्षको उमेरमा २०४७ सालमा मजदूरी गर्न पहिलो पटक भारतको सिमला गएका हरिरामले त्यही नै मौरीपालन तालिम लिएका हुन् । “तीन महिने मौरीपालन तालिम लिएपछि आठ वर्षसम्म  … Read more

नवजीवनको २५ औं साधारण सभा : चार महिनामा डेढ करोड मुनाफा

धनगढी । मुलककै अग्रणी सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको शुक्रबार धनगढीमा २५ औं वार्षिक साधारण सभा भएको छ । साधारण सभाको एक समारोहबीच प्रतिनिधी सभा सदस्य नारदमुनि रानाले उद्घाटन गरे । नवजीवन सहकारीले चालू अर्थिक वर्ष २०७५/२०७६ को पहिलो चार महिनामा एक करोड ४३ लाख दुई हजार रुपैया मुनाफा आर्जन गरेको छ । साधारण सभामा  … Read more

शिक्षण पेसासँगै व्यावसायिक माछापालनमा

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का प्रमोद साउँद पेसाले शिक्षक हुन् । उनी वडा नम्बर ४ स्थित कालिका माध्यामिक विद्यालयमा अध्यापन गर्छन् । २०६५ सालदेखि शिक्षण सेवामा लागेका शिक्षक साउँदले केही समयदेखि व्यावसायिक रूपमा माछापालन समेत अंगालेका छन् । उनले ‘हाम्रो कृषि फर्म’ दर्ता गरेर माछापालन गरिरहेका छन् । उनले एक वर्षअघि  … Read more