१६ बैशाख २०८१, आईतवार

बयालपाटा अस्पतालको समस्या समाधान हुनुपर्यो -प्रदेश सांसद खड्का



धनगढी/ प्रदेश सभा सदस्य मेघराज खड्काले जनतालाई निशुल्करुपमा सेवा दिइरहेको अछामको बयलपाटा अस्पताल बन्द हुने अवस्थामा पुगेकाले अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।

मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै उनले भने सुदूरपश्चिमका पहाडी जिल्लाको उपचार केन्द्र बनेको बयालपाटा अस्पताल सञ्चालन गर्ने गरेर बजेट विनियोजन नभए अछामबासीले आन्दोलन गर्ने तयारी गरेको छन् । अछाममा माघ २१ गते आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा राखेको छ तर संविधान जारी हुन पहिले १५ वर्षदेखि चल्दै आएको बयालपाटा अस्पताल प्रदेश सरकारको असहयोगले बन्द हुने अवस्था आएको बताए ।

उनले भने, बजेट बन्नुअघि प्रदेश सभा, मुख्यमन्त्री, मन्त्रीहरुसंग बयालपाटा अस्पताललाई अनुदान दिन माग गरे तर कतै सुनुवाई भएन ।

कोभिडपछि विदेशी सहयोग घट्दै गएपछि अस्पताल सञ्चालन हुन कठिन भएको त्यस्तो अवस्थामा प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

प्रदेश सभा सदस्य खड्काले भने, अर्थ मन्त्रालयले सामाजिक मन्त्रालयलाई सामाजिकले गर्दा बजेट विनियोजन हुन नसकेको भन्नु ठिक नभएको संकेत गरे ।

उनले सरकारले बजेट नदिने हामी प्रदेश सभा सदस्यले जनताबाट गाली पाउने अवस्था रहेको पनि बताए । अस्पताल सञ्चालन गरिरहेको न्याय हेल्थ समेत हामीले धेरै पटक सरकारसंग छलफल गरेका छौ तर सुनुवाइ भएन उनले भने ।

सो अस्पताललाई अघिल्लो पाँच वर्षमा भने तत्कालिन सरकारले सहयोग गरिरहेको थियो । बयालबाटा अस्पतालले वार्षिक एक लाख बढीलाई सेवा दिने गरेको छ । सो अस्पतालमा ५० शप्या रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार