२४ बैशाख २०८१, सोमबार

मन्त्रालयको नवप्रवर्तन कार्यक्रमका लागि जानकी गाउँपालिका छनोट



  • ७५ लाखको कार्यक्रम पाउने



टीकापुर/ संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि जानकी गाउँपालिका छनोट भएको छ ।

देशभरिबाट छानिएका १०४ पालिकामा जानकी गाउपालिका पनि छनोटमा परेको हो । यस वापत जानकी गाउँपालिकाले विशेष अनुदान पाउनेछ ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सम्वन्धी कार्यविधि २०८० अनुसार जानकीले स्थानीयको आर्थिक विकास गर्न ७५ लाख बजेट पाउने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए ।

देशभरीका पालिकामध्ये १०४ वटामा जानकी गाउँपालिका पनि छनोट भएको छ, प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार