२२ बैशाख २०८१, शनिबार

अरुण काबेली पावर तेर्हौं वर्षमा



काठमाडौ/ अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७१ करोड चार लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्लाबीच भई बहने काबेली नदीको पानी उपयोग गरेर २५ मेगावाट क्षमताको कावेली बी १ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार