१६ बैशाख २०८१, आईतवार

बजुरेली समाजद्धारा धनगढी रंगशालामा आयोजित भुवा पर्वका झलक ( हेर्नुस फोटो फिचर)



भुवा प्रतियोगितामा आयोजक बाजुरेली सेवा समाज प्रथम

धनगढी/ भुवा पर्वका अवसरमा भुवा प्रतियोगितामा पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा आयोजक बाजुरेली सेवा समाज प्रथम भएको छ । ‘

शुक्रबार धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज धनगढी पहिलो भएको निर्णयक कमिटीका संयोजक लालबहादुर थापाले बताए ।

यस्तै, अत्तरिया बडीमालिका समाज, चौकीडाँडा दोस्रो भएको छ भने सुर्मादेवी बझाङ सेवा समाज धनगढी तेश्रो र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखड सान्त्वना भएको निर्णयक कमिटी संयोजक थापाले बताए ।

प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार रुपियाँ, दोस्रोले ३० हजार रुपियाँ, तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाउने पाए । यस्तै, सान्त्वना प्राप्त गर्ने टिमले नगद १० हजार रुपियाँ दिइएको छ । प्रतियोगितामा पाँच टिमले भाग लिएका थिए । शनिबार भएको समापन कार्यक्रममा पुरुस्कार वितरण गरिएको थियो । सो पर्वको बिहिबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेको थिए ।

तस्बिर सौजन्य : सौरभ राना

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार