Category: सुदूरपश्चिम प्रदेश


कैलाली उद्योग वाणिज्य संघमा तीन प्यानलको उम्मेदवारी दर्ता (अध्यक्षका उम्मेदवारहरूकाे भिडियाे अन्तरवार्ता)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । संघको वर्तमान कोषाध्यक्ष पुष्पराज कु“वर, महासचिव रूपेश स्वाँर र सदस्य डिल्लीराज अवस्थीको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । पुष्प कुँवर, अध्यक्ष उम्मेदवार डिल्लीराज अवस्थी, अध्यक्ष उम्मेदवार रूपेश स्वाँरअध्यक्ष उम्मेदवार अध्यक्षका उम्मेदवार कु“वरको वाणिज्य उपाध्यक्षमा गगन केसी, उद्योग उपाध्यक्षमा पुष्करराज ओझा,  … Read more

धनगढी विमानस्थल पुनः सञ्चालन

धनगढी । धावनमार्ग मर्मतका लागि बन्द गरिएको सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल आठ दिनपछि सूचारु भएको छ । धावनमार्ग मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल नियमितमा सुचारु भएको र नियमित रुपमा उडान भर्न थालिएको विमानस्थल प्रशासनले जनाएको हो । धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले मर्मत सकिएपछि बुधबारबाट पूर्ववत् रुपमा उडान भइरहेको  … Read more

गैसस महासंघ प्रदेश समिति अध्यक्षमा खनाल

धनगढी । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिको बुधबार धनगढीमा बसेको बैठकले देवीप्रसाद खनाललाई अध्यक्षमा चयन गरेको छ । महासंघका प्रदेश समिति अध्यक्ष भवराज रेग्मी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इञ्चार्जमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा उपाध्यक्ष रहेका खनाललाई अध्यक्षमा बढुवा गरिएको हो । खनाल अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बैठकले बाजुराका नीर शाहीलाई  … Read more

महिलाका लागि आधारभूत तालिम

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा मंगलबारदेखि महिलाका लागि आधारभूत तालिम सञ्चालन भएको छ । बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका शाखाको आयोजनामा सो तालिम सञ्चालन भएको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले जानकारी दिइन् । तालिममा गाउँपालिकाका प्रत्येक वडाका पाँच जनासहित ३० जना महिलाको सहभागिता रहेको छ । तालिममा महिलामा शैक्षिक जागरण तथा  … Read more

सवारी दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराजमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार दिउँसो पुर्चौडीबाट धनगढीका लागि छुटेको से १ च १५७२ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा डोटी जोरायलका २८ वर्षका जीप चालक कमल सुनारको ज्यान गएको छ । जीप सडकभन्दा झण्डै ५ सय मिटर तल  … Read more

बृहत सांस्कृतिक कार्यक्रम

डोटी । डोटीको जोरायल गाउँपालिका बाँजिलेकमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । मगर संग्रहालय स्थापना गर्नका लागि सो कार्यक्रम आयोजना गरिन लागेको सो गाउँपालिका वडा नम्बर ४ का स्थानीय तथा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य महेन्द्र थापाले जानकारी दिए । उनका अनुसार ‘मगर भाषा, संस्कृति संरक्षण–संवद्र्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्व शासनसहितको  … Read more

अतिक्रमण हटाउन संयुक्त अभियान

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सरकारी जग्गामा भइरहेको अतिक्रमण खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरूले संयुक्त अभियान थालेका छन् । महेन्द्रनगर नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरूले संयुक्त अभियान अघि बढाइएको जनाइएको छ । उनीहरूले नगर विकास समितिका पदाधिकारीले लिजका नाममा अवैधानिक तरिकाले सरकारी जग्गा  … Read more

लैंगिक हिंसा नियन्त्रण गर्न जनप्रतिनिधिहरूकाे याेजना

धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूले लैंगिक  हिंसा अन्त्य गर्नका लागि विभिन्न याेजनाहरू बनाएका छन् । लैंगिक हिंसा कसरी अन्त्य गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूसंग अनुमाेदन खबर डट कमले साेधेकाे छ । उनीहरूकाे प्रतिक्रिया जस्ताकाे त्यस्तै प्रस्तुत छ ।

माहुरीपालनबाट मनग्य आम्दानी (अन्तर्वार्ता)

धनगढी । कैलालीको मसुरियाका पत्रकार घनश्याम पौडेल पत्रकारितासंगै माहुरीपालनमा व्यस्त छन् । आफ्नो बैकल्पिक आम्दानको स्रोत खोजीको क्रममा माहुरी पाल्न थालेका घनश्याम माहुरीपालनबाट मनग्ये आम्दानी गर्न थालेका छन् । तोरीको सिजन नसकिदै एक १७ घारबाट दुई क्वीन्टल मह निकालेर एक क्वीन्टल १० किलो मह बेचिसकेको पौडेलले बताए । बजारमा चारदेखि ६ सय रुपैयाँ किलोका दरले  … Read more

जैविक मार्ग म्याराथन

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ । म्याराथन प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएको जनाइएको छ । हाफ म्याराथनमा सशस्त्र प्रहरीका सन्तोष बिष्ट प्रथम भएका छन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, जीतेन्द्र दंगाल र मोहन जोशीले क्रमशः दोस्रो र तेस्रो  … Read more