१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउने रञ्जिताको निर्णय



धनगढी/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।

उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् ।

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलको नेता घनश्याम चौधरीलाई निर्देशन दिएका छन् ।

तर नागरिक उन्मुक्ति पार्टीका सात मध्ये पाँच सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री छन् । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरुलाई भने कारबाही गरेकी छैनन् ।

उनीहरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका सात प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार