२० बैशाख २०८१, बिहीबार

कञ्चनपुरका उखु किसानलाई तत्काल अनुदान दिन सांसद तामाङको माग



काठमाडौ/ कञ्चनपुरबाट निर्वाचित नेकपा (एमाले) का सांसद तारा लामा तामाङले उखु किसानलाई तत्काल अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपियाँ अनुदान उपलब्ध गराउँदै आए पनि कञ्चनपुरमा सात सय किसान छुटेको बताए।

प्रतिक्वीन्टल ७० रुपियाँका दरले २६ करोड ३४ लाख ९५ हजार ३८७ बाँड्दा पनि उखु किसान छुटेका हुन्। माग गरिएकामध्ये २५६ जना छुटेका छन्। त्यसबाहेक चार सय ५० गरेर करिब सात सय किसानलाई यथासिघ्र अनुदान निकासा होस् उनले भने।

सांसद तामाङले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई स्थानीय तहमार्फत अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिए। उनले भने आगामी आर्थिक वर्षदेखि स्थानीय तहमार्फत व्यवस्थित रूपमा अनुदान उखु किसानलाई उपलब्ध गराउन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार