२२ बैशाख २०८१, शनिबार

बझाङको उपनिर्वाचनमा मतदान शुरु



बझाङ/ बझाङ १ (१ ) मा निर्धारित समय अनुसार आज विहान ७ बजे मतदान शुरु भएको छ ।

यसक्रममा बझाङ सदरमुकाम चैनपुरस्थित सत्यवादी माध्यामिक विद्यालय भोपुरमा मतदान शुरु भइसकेको निर्वाचन परिवेक्षण गरिएको नियोकका विष्णुबहादुर खत्री र अभयराज जोशीको टीमले बताएको छ ।

उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।

सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी हुने छन् । सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।

उनका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो ।

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरु क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

सबै तस्बिर : राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार