१७ बैशाख २०८१, सोमबार

देउवा र रेशम भेट्न मुख्यमन्त्री र भौतिकमन्त्री रातारात काठमाडौमा




धनगढी/ राजीनामा दिने कि, संसद फेस गर्ने भन्नेमा दोधारमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौ प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री शाह साँझ ६ : ४० को श्रीएरलाइन्सको फ्लाइटमा काठमाडौ गएका हुन । उनले देउवा र नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ ।

मुख्यमन्त्री शाहसंगै सरकारका प्रभावशाली मन्त्री प्रकाशबहादुर देउवा पनि काठमाडौ गएका छन् ।

मुख्यमन्त्री शाह विश्वासको मत लिनु पर्ने अवस्था आएमा चैत २२ गते विहीबार लिने मुडमा रहेको उनी निकट स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार