२२ बैशाख २०८१, शनिबार

अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन हुँदै




युरोप/ अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा हुने भएको छ । सम्मेलनको सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको अन्तराष्ट्रिय झापाली समाज माल्टाका अध्यक्ष मुक्ति पुरीले जानकारी दिए ।

सम्मेलन भब्यरुपमा सफल पार्न सबैको सहयोग आवश्यक रहको भन्दै माल्टामा सम्मेलन आयोजना गर्नु खुसीको विषय भएको केन्द्रिय महासचिव नविन पोख्रेलले बताए ।

दुई दिनसम्म संचालन हुने सम्मेलन अप्रिल २७ तारीख भोलीदेखि सुरु भइ २८ तारीख सम्पन्न हुने झापाली समाज माल्टाका सल्लाहकार भुवन झाले बताए । सम्मेलनका सहभागीहरु विभिन्न देशबाट माल्टा आइपुगेका छन् ।

अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय अध्यक्ष मुकुन्द्र ढुंगानाको परिवार संयुक्तराज्य अमेरिकाबाट माल्टामा आइपुगेको र सम्मेलनलाई भब्यरुपमा सफलपार्न पूरा तयारी भइसकेको झाले बताए।

समााजका संरक्षक भवानीप्रसाद ओली र दिनेश पोख्रेल पनि सम्मेलन सफल पार्नकै लागि अस्ट्रेलियाबाट माल्टा आइसकेका छन् । त्यसैगरी संयुक्तराज्य युके, बेल्जियम, नेदरल्याण्ड र दुबई लगायत करिब ३० वटा देशका प्रतिनिधिहरु सहित सम्मेलनमा दुई सय जनाको सहभागिता रहने झाले जनाए ।

सम्मेलनले आगामी कार्य योजना तयार पार्ने, आयव्यय प्रस्तुत गर्ने र युरोपमा झापाली समाजको संस्थागत विकासमा कसरी कामगर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिने बताइएको छ ।

विदेशमा नेपाल चिनाउन र नेपालीहरुमा एकताको सन्देश दिन अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने माल्टामा रहेका नेपालीहरुले बताए । समाजले सामाजिक र मानवीय सेवाका कामहरु समेत निरन्तर गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार