Category: स्वास्थ्य/शिक्षा


एचआइभी संक्रमितहरूका लागि गोरेटो बनाउँदै

लम्की । “बिहान ५ बजे उठ्छु । छोराछोरीलाई खाना खुवाएर स्कूल पठाउँछु । त्यसपछि साइकल चढेर एचआइभी संक्रमितलाई भेट्न र उनीहरूको अवस्थाबारे जानकारी लिन गाउँतिर जान्छु । दिनभरि एचआइभी संक्रमितहरूलाई भेटेर सुखद:ुख साटेर साँझ घर फर्किन्छु” एचआइभी संक्रमित ३० वर्षीया सरिता साउँद आफ्नो दिनचर्याबारे भन्छिन्– “हरेक दिन एचआइभी संक्रमितहरूको इच्छाशक्ति बलियो बनाउने प्रयास गर्ने गर्दछु ।” कैलालीको  … Read more

स्टेम उत्सवमा सिकाई र सीप प्रदर्शनी (फोटो फिचर र भिडियोसहित)

धनगढी । मर्सिकोर नेपाल र बेस कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको ‘स्टेम उत्सव’मा बालबालिकाहरुले आफ्ना सिकाई र सीपको प्रदर्शनी गरेका छन् । सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग (स्टेम) परियोजनाको ‘छोरी पढाऊँ, गरीवि हटाऊँ’ अभियान अन्तरगतको उत्सवमा लक्षित वर्ग र सरोकारवालाहरुले सिकाई स्थानान्तरण र जीविकोपार्जन गतिविधि प्रदर्शनीसहित उत्सव मनाएका हुन् । विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका  … Read more

टीकापुर अस्पतालको विकासमा सुदूपश्चिम प्रदेश सरकारले पूरा सहयोग गर्ने : मन्त्री सुवेदी

टीकापुर । सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टीकापुर अस्पतालको स्तरोन्नति र विकासका लागि प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।आज टीकापुर अस्पतालले आयोजना गरेको कार्यक्रममा टीकापुर अस्पतालका लागि प्रदेश सरकारले बजेट छुट्याइ सकेको र सकेसम्म थप गर्ने प्रयास रहने बताए । उनले डाक्टरहरू सुदूरपश्चिममा आउनै नचाहाने अवस्थाको अन्त्य गर्न प्रदेश  … Read more

एचआइभी संक्रमितका समस्या : नियमित औषधि सेवन नगर्दा मृत्यु दरमा बृद्धि

धनगढी । एचआइभी संक्रमितहरूले नियमित रूपमा औषधि सेवन नगर्दा हरेक वर्ष मृत्युदरमा बृद्धि भइरहेको तथ्यांकहरूले देखाएका छन् । कैलाली स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा ३३ जना एचआइभी संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार सन् २००६ देखि सन् २०१८ को अक्टोबर महिनासम्म एचआइभी संक्रमित तीन सय जनाको मृत्यु भइसकेको छ  … Read more

दूध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धी निर्देशिकाबारे अन्तरक्रिया

धनगढी । ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका– २०७५’ बारे सरोकारवालाबीच बुधबार धनगढीमा अन्तरक्रिया कार्यक्रम (उपभोक्ता भेला, प्रचार कार्यक्रम) भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीको आयोजनामा भएको अन्तरक्रियामा निर्देशिकामा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तरसम्बन्धी उल्लेख भएका दूध उत्पादन, दूध संकलन, चिस्यान केन्द्र, डेरी उद्योग, दुग्धस्थल र भौतिक पूर्वाधार,  … Read more

आंग खस्नेसम्बन्धी शिविर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाको आयोजनामा दादोधारा स्वास्थ्य चौकीमा मंगलबार आंग खसेका महिलाहरूका लागि शिविर सञ्चालन गरिएको छ । शिविरमा कोटातुल्सीपुर र दादोधाराका स्थानीयहरूलाई जाँच गरिएको थियो । शिविरमा ५३ जना महिलाहरूले आंग खसेको जाँच गराएको दोदोधारा स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक कृष्णदेव जोशीले जानकारी दिए । जसमध्ये १६ जना महिलाहरूको आंग खसेको समस्या देखा परेको  … Read more

एन्टिबायोटिक सम्बन्धी अभिमुखीकरण

हसुलिया । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कैलारी गाउँपालिकाको आयोजनामा मंगलबार हसुलियामा प्रतिजैविक (एन्टिवायोटिक) प्रतिरोध सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा चेतनामूलक कार्यक्रम गरिएको हो ।कैलारी गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, क्लिनिक सञ्चालक, स्थानीयहरूको सहभागिता रहेको कार्यक्रमको उद्घाटन कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले गरेका  … Read more

एन्टिवायोटिकको प्रयोग बढ्दो

धनगढी । प्रतिजैविक (एन्टिवायोटिक) प्रयोगबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उनीहरूले बताएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार धनगढीमा प्रतिजैविक प्रतिरोध सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले भनिन्–  … Read more

पञ्चकर्म आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चालन गरेको नि:शुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । बाथ, नसा, हाडजोर्नी दुखाई, अनिद्रा, टाउको दुखाई, कम्मर दुखाई, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि दृष्टिगत गरी औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको संख्या बढ्न थालेको छ ।  … Read more

जमराको जुसबाट मधुमेह रोग सञ्चो पार्दै

धनगढी । घोडाघोडी नगरपालिका वडा नम्वर ७ का ४० वर्षीय चन्द्रकुमार चौधरीलाई २०७३ सालतिर मधुमेह रोगले सतायो । रोगको उपचार गर्न स्थानीय घोडाघोडी अस्पताल, स्वास्थ्य चौकी र विशेषज्ञ डाक्टरसँग चेकजाँच गराए । उनले नियमित दुई वर्ष चिकित्सकको राय सल्लाह सुझाव अनुसार औषधि सेवन गरे, तर रोग कत्ति पनि कम भएन । उनी २०७५ सालमा काठमाडौं गए  … Read more