१५ बैशाख २०८१, शनिबार

मुख्यमन्त्रीले गरे सौभाग्य अस्पतालको उद्घाटन



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको सौभाग्य हस्पिटल तथा रिसर्च सेन्टर प्रालिको औपचारिकरुपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहले धनगढीमा जोखिम मालेर अस्पताल खोलेकोमा सञ्चालकहरुलाई धन्यवाद दिए । उनले नीजि क्षेत्रसंग समेत स्वास्थ्य क्षेत्रको सुधारका लागि हातेमालो गरेर जान आफूहरु तयार रहेको बताए ।

शनिबार उद्घाट भएको सो अस्पताल स्थापनामा १२ करोड रुपियाँ खर्च भइसकेको सो अस्पतालका अध्यक्ष दिनेश जोशीले बताए ।

विपन्नलाई प्राथमिकता राखेर न्युन दररेटमा सहजरुपमा सेवा दिने उद्धेश्यले अस्पताल सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए । उनका अनुसार ३५ जना शेयर सदस्य रहेको सो अस्पतालमा पूर्णकालिन र आंशिक गरेर १८ जना डाक्टरहरु कार्यरत छन् ।
अध्यक्ष जोशीले आफूहरुसित धनगढीमै सबैभन्दा ठूलो १५ बेडको आइसियू रहेको दावी गरे । सो अस्पतालमा १० बेडको एनएसयू र दुई वेडको भेन्टिलेटर रहेको छ ।

उद्घाटन समारोहमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापा , माओवादी केन्द्रीय सदस्य ओमप्रकाश पुन ,बुढीगंगा नगरपालिकाका निवर्तमान मेयर दीपक शाह , योगगुरु कुलबहादुर हमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार