२४ बैशाख २०८१, सोमबार

कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु



बाजुरा/ शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ३ का दलजित कटेल रहेका छन् ।

उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपागन्ज रेफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।

उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको थियो । बीच आकाशमै कटेलको ज्यान गएको विमानमा सवार लक्ष्मण जोशीले जानकारी दिए ।

उनले भने ‘प्लेन उडेको केही समयमा उहाँलाई गाह्रो भएपश्चात विमान परिचारिका अगाडि आएर कोही स्वास्थ्यकर्मी हुनुहुन्छ कि ? भनेर सोध्नु भएको थियो । त्यसपछि उहाँले पाईलटसंग के कुरा गर्नुभयो थाहा भएन । पाईलटसंग पानी मागेर बिरामीलाई खुवाउनु साथै बिरामीको सिटमै उभिएर हर प्रयास गर्नुभयो तर बीच आकाश उडीलेक आसपास पुरै अचेत भैसक्नु भएको थियो । पुनः अगाडि आएर पाईलटसंग के कुरा गर्नु भयो थाहा भएन । प्लेनको स्पिड पनि बढी नै थियो । पाईलटले पनि चाँडो पुर्याउन सकेमा बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हुनसक्छ । विमान परिचारिका कोल्टीबाट नेपालगंजसम्म उनको सेवामा उभिएर सहयोग गरे । हामी नेपालगंज २६ मिनेटमा पुगिसकेका थियौ । नेपालगंज एयरपोर्ट पु्ग्नु अगाडि नै उहाँले देह त्याग गरिसक्नु भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार