२६ पुष २०८२, शनिबार

विप्लवका कार्यकर्ता पक्राउ



धनगढी । कैलाली मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी का एक पूर्व कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन नेपाल कैलालीका पुर्व अध्यक्ष रूपलाल देउकरलाई गोदावरी नगरपालिका ५ स्थित दाजुको घर बाटै पक्राउ गरेको देउकरका भाई पुरन देउकर ले जानकारी दिए ।

देउकर पछिल्लो समय पार्टीमा निस्क्रिय रहेको समेत उनका भाईले बताए । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण देउकर पार्टीबाट निस्क्रिय भई गेटा आँखा अस्पताल अगाडि खाजा घर चलाएर बसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार