काठ तस्करीमा संलग्न एकजना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा काठ तस्करीमा संलग्न एक जना पक्राउ परेका छन् ।
वन सवडिभिजन कार्यालय बाणीले सोमबार कृष्णपुर नगरपालिका वडा नम्बर ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करीमा संलग्न भरत कामीलाई पक्राउ गरेको जनाएको छ ।
वन क्षेत्रमा आरा चलाएर सालको गोलिया चिरिरहेकोे अवस्थामा भरतलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको वन सवडिभिजन कार्यालय, वाणीका प्रमुख विश्वराज पण्डितले बताए ।
बन सवडिभिजन कार्यालय प्रमुख पण्डितका अनुसार बन कार्यालयको टोली आएको देखेर काठ काट्ने कार्यमा संलग्न अन्य छ जना भागेका थिए ।