दारी ग्याङको वार्षिकोत्सवमा रक्त परीक्षण
धनगढी । दारी ग्याङ धनगढीले आफ्नो तेश्रो बार्षिकोत्सवको अवसरमा सोमबार धनगढीमा रगतपरीक्षण कार्यक्रम गरेको छ ।
रगत अभाव भइरहेको समयमा ब्लड गु्रप जानी राखे रगतदान गन सजिलो हुने भएका कारण ग्याङले सो कार्यक्रम गरेको हो । कार्यक्रमका संयोजक दिनेश बोहराले अकस्मात रगत चाहिएमा कार्यक्रममा परिक्षण गरेका व्यक्तिहरुलाई सम्पर्कमा ल्याउन सजिलो हुने भएकाले कार्यक्रमको आयोजना गरिएको बताए । रक्तसंचार केन्द्र धनगढीको सहयोगमा भएको कार्यक्रममा धनगढीका २ सय ५ जनाले रगत परिक्षण गरेको बताए ।
रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले धनगढीमा बारम्बार रगत अभाव भईरहेको बेला दारी ग्याङ धनगढीले यस किसिमको कार्यक्रम गरेर अत्ति आवश्यक समयमा रगत उपलब्ध गराउन सजिले भएको बताए ।
रगत परिक्षण गराउन आएका धनगढीका स्थानिय दिपकराज ओझाले सडक दुर्घटनाले रगत अभाव भईरहेका बेला रगत उपलब्ध गराउने व्यक्तिलाई शिघ्र सम्पर्कमा ल्याउनका लागी यस किसिमका कार्यक्रम अत्याश्वक भएको बताए ।
यस्तै देशका दारी ग्याङले नेपालका बिभिन्न जिल्लामा रहेका दारी ग्याङहरुले आफ्ना विभिन्न सामाजिक सेवाका कार्यक्रम गरी मनाएका छन् । ‘गालामा दारी, का“धमा जिम्मेवारी’ नारा सहित २०७२ मा स्थापना भएको दारी ग्याङ एक फेसबुक ग्रुप हो । दारी पाल्ने मान्छेलाई बालबालिका अथवा अन्यहरुले हेर्ने गरेको गलत दृष्टिकोणलाई हटाउनका लागी यो ग्याङको स्थापना भएको हो ।