प्रधानमन्त्री ओलीले चमेलियालाई राष्ट्रिय प्रशारणमा जोड्ने
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले चमेलिया जलविद्युत आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने भएका छन् ।

प्रधानमन्त्रीको निजि सचिवालयले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ बजे चमेलिया जलविद्युत आयोजना अन्तरगत डडेल्धुराको स्याउलेमा रहेको सव स्टेशनको उद्घाटनका लागि डडेल्धुरा आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसंगै उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, भौतिक योजना तथगा निर्माण मन्त्री रघुबिर महासेठ, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, नेपाल विद्युत प्राधिकारणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायत आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जनाए । प्रधानमन्त्री ओली दोस्रो पटक डडेल्धुरा आउन लागेका हुन् ।




