जनप्रतिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
धनगढी । कैलाली सम्वाद समूहको आयोजनामा आइतबार धनगढी उपमहानगरपालिकाका सिमान्तकृत समुदायबाट निर्वाचित जनप्रतिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

उपमहानगरपालिकाको विभिन्न वडामा निर्वाचित वडा सदस्यहरु सहभागी भएको तालीममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यक्रम संयोजक खडकराज जोशीले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी जनप्रतिनिधिहरुलाई उनीहरुको कार्य दक्षता बृद्धि गर्नका लागि सुशासन, नेतृत्व विकास तथा पारदर्शिता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
आयोजक समूहका अध्यक्ष चेतमान साउँदको अध्यक्षतामा सम्पन्न तालिम सञ्चालन समूहका सचिज गोरख सार्कीले गरेका थिए ।




