१८ बैशाख २०८१, मंगलवार

धनगढीलार्इ पराजित गरी काठमाडाैं विजयी



धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले विजयी भएको छ ।
सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढीलाई पराजित गर्दै ४ विकेटमा गोल्डेन्सले विजयी शुरुवात गरेको हो । टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा ग¥यो । महबुब आलमले विजयी चौका प्रहार गरे ।

उनी १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए । धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए ।
अमिर हायत र विपिन खत्रीका नाममा १÷१ विकेट रह्यो । टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धा्ति २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।
धनगढीबाट अमित श्रेष्ठले ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए । बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १÷१ विकेट लिए ।
प्रतीयोगिता अन्र्तगत दोस्रो खेलमा अहिले रुपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार