सवारी तथा मदिरा व्यवस्थापनबारे सचेतना कार्यक्रम
कञ्चनपुर । कञ्चनपुरको बेलडांडी गाउपालिका र बेलडांडी इलाका प्रहरी कार्यालयको संयुक्त आयोजनमा शुक्रबार सवारी व्यवस्थापन र मदिरा बिक्रीवितरण व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम भएको छ ।
कार्यक्रममा बेलडांडी गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बेल्डाडी गाउ“पालिका अध्यक्ष धनबहादुर थापा, प्रहरी निरीक्षक दानबहादुर रोकाया, बेलडांडी ट्रफिक प्रहरी इन्चार्ज ताराप्रसाद पन्त लगायतले धारणा व्यक्त गरेका थिए ।




