१७ पुष २०८२, बिहीबार

काठ तस्कर समान हवाई फायर



टीकापुर ।  कैलालीको टिकापुरमा काठ तस्करलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको टिकापुर नगरपालिका वडा नम्वर १ को वनमा काठ तस्करलाई पक्राउ गर्न हवाई फायर गरेको हो ।
वनमा काठ तस्करी भईरहेको सुचनापछि ईलाका प्रहरी कार्यालय टिकापुरबाट गएको टोलीमाथि तस्करहरुको समूहले ढुङगामुढा प्रहार गरेको थियो ।
प्रहरीमाथि ढुङगामुढा प्रहार हुनथालेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक आभुषण तिमिल्सीनाले बताए । प्रहरीले २ वटा हाते आरा बरामद गर्दै तस्कहरुको समूह मध्ये जिल्लाको जानकी गाउ“पालिकाका डिल्लीराज चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार