लागुअाैषधसहित एक महिला पक्राउ
बौनिया । कैलालीको वर्दगोरीया गाउँपालिका वडा नं. २ बौनिया गाउँबाट ईलाका प्रहरी कार्यालय बौनियाले एक महिलालाई पक्राउ गरेको छ । सोहि ठाउँकी वर्ष अन्दाजी ३६ की सृजना चौधरीलाई लागुऔषध चरेस सहित पक्राउ गरिएको हो ।
विषेश सुराकीका आधारमा प्रहरी उनकै घरमा गएर खानतलासि पछि घरमै लुकाएर राखेको १९७ ग्राम ८ मि. ग्राम लागुऔषध चरेस बरामद गरीएको हो । उनलाई थप मुद्धा प्रकृयाको लागि ईलाका प्रहरी कार्यलय सुखड पठाईएको ईलाका प्रहरी कार्यलय बौनियाका प्रहरी निरीक्षक ध्रुव बहादुर विष्टले जानकारी दिए । बिष्टले लागुऔषध चरेस, मादक पर्दाथ किन बेच गर्नेलाई कानुबमोजिम कारवाहि गरिने बताए ।




