शैक्षिक सांस्कृतिक तथा धार्मिक महामहोत्सव
धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ९, गदरियामा शनिबारदेखि कैलारी गदरिया रौराबाबा शैक्षिक सांस्कृतिक तथा धार्मिक महामहोत्सव शुरु भएको छ ।
कार्यक्रमको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले एक समारोहबीच उद्घाटन गरेका थिए । महामहोत्सव मूल आयोजक समितिका अध्यक्ष कमलसिंह रानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा संकल्पकर्ता गोविन्दशरण महाराज, कथा वाचक बन्धुराज खनाल, समाजसेवी आशाराम चौधरी, गरीबदाश चौधरी, गेटा आँखा अस्पतालका फिल्ड म्यानेजर रमेशचन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो । जनता माविका प्रधानाध्यापक घनश्याम भट्टले स्वागत गरेका थिए ।
महामहोत्सव माघ १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।




