जयमालिका कलेजको अध्यक्षमा धामी
धनगढी । मालिका इंगलिस स्कुल प्रालि तथा जयमालिका कलेज सञ्चालक समितिको अध्यक्षमा मीनबहादुर धामी चयन भएका छन् ।
कलेजका निवर्तमान अध्यक्ष चन्द्रसिंह चौधरीको अध्यक्षतामा शुक्रबार भएको सातौं साधारण सभाबाट धामीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।
जसमा सञ्चालक चन्द्रसिंह चौधरी, कृष्णबहादुर बोहरा, निर्जन श्रेष्ठ, दिलिप श्रेष्ठ, अम्बिका सापकोटा र प्रबन्ध सञ्चालक भीमबहादुर बोहरा रहेका छन् ।
सभाबाट वसन्ती भट्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा हरिप्रसाद भट्ट र नृपबहादुर बोहरा रहेका छन् ।
शैक्षिक गुणस्तर सहित तथा समयानुकूल परिमार्जित शिक्षा सञ्चालन र शैक्षिक क्षेत्रमा सुधारका लागि नयाँ नेतृत्वले काम गर्ने जनाएको छ ।




